भ्याली पब्लिक दोहोरो उपाधि नजिक

0
Shares

काठमाडौं, (नेस)।

आयोजक भ्याली पब्लिक भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैतर्फ बिहीबार फाइनलमा प्रवेश गरेको छ। दुवैको ‘ए’ टिम फाइनलमा पुगेको हो।

ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३५ ले पराजित गर्यो। विजेताका राहुल विक र सुमन सुब्बाले समान १५–१५ अंक जोडे। फाइनलमा भ्याली पब्लिकको भेट ग्रिनल्यान्डसँग हुनेछ।

अर्को सेमिफाइनलमा ग्रिनल्यान्डले डाफोडिललाई ४५–३२ ले हरायो। ग्रिनल्यान्डका राजीव आले मगरले ३५ स्कोर गरे।