बीबीसी सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) राजधानीमा जारी तेस्रो चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बीबीसीले विभागीय टोली आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा बीबीसीले खेलको ३०औं मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीको गोलबाट अग्रता बनाएको थियो।

उनले कर्नर क्षेत्रबाट ३ डिफेन्डरलाई बिट गरी पहिलो बार च्याप्दै प्रहार गर्दा आर्मीका गोलरक्षक विश्वास चौधरीले रोक्ने कुनै मौका नै पाएनन्।

म्यान अफ दी म्याच घोषित हुँदै उनले ५ हजार रुपियाँ प्राप्त गरे। बीबीसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबबीचको विजेतासँग मंसिर १० गते खेल्नेछ।