सगरमाथा संवादको सचिवालय शुभारम्भ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

जलवायु परिवर्तनले हिमालय र पर्वतीय मुलुकलाई पारिरहेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यका साथ नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलन सचिवालयको शुभारम्भ भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवाद (सगरमाथा डाइलग) नामक विश्वस्तरीय सम्मेलन सचिवालयको शुभारम्भ गर्दै सम्मेलनको प्रतिकात्मक चिन्ह (लोगो) सार्वजनिक गर्नुभयो।

आगामी चैत २१ र २२ गतेका लागि तय भएको सम्मेलनको सचिवालय नारायणहिटी दरबार परिसरमा राखिएको छ। हरेक दुई/दुई वर्षमा नेपालमा आयोजना हुने सगरमाथा संवादको पहिलो संस्करण जलवायु परिवर्तन र यसले पारेको परिवर्तनबारे केन्द्रित हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

‘सगरमाथा आफैंले धेरै कुरा बोल्छ, सगरमाथा र अन्य हिमश्रृंखलाले जलवायु परिवर्तनलाई नजिकबाट नियाली रहेका छन्, उहाँले भन्नुभयो– ‘वातावरणीय, आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रका विश्वव्यापी मुद्दा एवं चुनौतीसँग सगरमाथाको अस्तित्व जोडिएकाले सगरमाथा विश्वव्यापी विम्ब हुनेछ।’

राष्ट्रिय, क्षेत्रिय, अन्तर्राष्ट्रिय समसामयिक र साझा चासोका विषय एवं मुद्दा हरेक दुई/दुई वर्षमा नेपालमा विश्वस्तरको संवाद गर्ने उद्देश्यका साथ गत वैशाख २ को मन्त्री परिषद्को बैठकले सगरमाथा संवाद शुरू गर्ने निर्णय गरेको थियो।

स्थायी मञ्चका रूपमा रहने डाइलगले हरेक दुई वर्षको अन्तरमा विविध विषयमा केन्द्रित रहने बताइएको छ।
परराष्ट्र मन्त्रालयले डाइलगको अगुवाइ गर्नेछ।

नेपालको मौलिक शान्ति प्रकृया, समावेशी प्रजातन्त्र, वन तथा वातावरण संरक्षणमा सफलता, धार्मिक र साँस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालको योगदान, महिला र सिमान्तकृत वर्गको सशक्तिकरणजस्ता विषयमा आगामी संवाद आयोजना गर्ने नेपालको लक्ष्य छ।

पहिलो सम्मेलनमा उच्च राजनीतिक नेतृत्वबीच हिमाल र टापु मुलुकले व्यहोरिरहेका समस्याबारे साझा धारणा बनाउँदै असल अभ्यासबारेका ज्ञान र अनुभव आदान प्रदान हुने मन्त्री ज्ञवालीले बताउनुभयो।

यो वर्षको जमघटमा छिमेकीसहित सार्क र विमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, विषय विज्ञसहित करिब डेढ सय विदेशी प्रतिनिधि सहभागी गराउने तयारी भएको उहाँले