महरा उच्च अदालतमा

0
Shares

काठमाडौं, (नेस)।

आफ्नै कर्मचारीमाथि यौन हिंसाको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन पुग्नुभएको छ।

जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै उक्त आदेश बदरको माग राखेर महराले बिहीबार उच्च अदालत पाटनमा निवेदन दर्ता गराउनुभएको हो।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा गरेको कागजात र बयान र तत्काल प्राप्त प्रमाणको आधारमा कसुरदार होइन भन्न नसकिएको भन्दै महरालाई जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

आदेशसँग महरा आफैँले रोजेको कारागार डिल्लीबजारमा हुनुहुन्छ। उच्च अदालतमा दिनुभएको निवेदनमा महराले आफूमाथि लागेको जबरजस्ती करणी उद्योगको आरोप गलत भएको र जिल्ला अदालत तथ्यमा प्रवेश नगरी थुनामा पठाउने आदेश गरेको जिकिर गर्नुभएको छ। महरालाई पीडितको किटानी जाहेरी परेपछि असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो।