श्रममन्त्री यादवद्वारा पदबहाली

0
Shares

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज अपराह्न मन्त्रालय पुगेर पदबहाली गर्नुभएको छ ।

आज बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुग्नुभएका उहाँलाई सचिव विनोद केसीलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । पदबहालीलगत्तै मन्त्री यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गर्नुभयो ।

सो क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफू केन्द्रित हुने बताउनुभयो । अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेका आफूले निजकबाट नियालेको उल्लेख गर्दै उहाँले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताउनुभयो ।