काठमाडौं । अर्घाखाँची, कास्की, पर्सा, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
अर्घाखाँची, भुमिकास्थान नगरपालिका.५ स्थित सडकमा लु. १ ज ४१६८ नम्बरको जिपले बुधबार साँझ सोही ठाउँ बस्ने ७९ वर्षीया बिष्णु कुमारी श्रेष्ठलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, माछापुच्छ्रे गाउँपालिका.३ मर्दीखोलास्थित सडकबाट बुधबार दिउँसो ग.१ त ३४७३ नम्बरको ट्याक्टर करिब ५० मिटर तल खस्न गई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्याक्टरका पर्सा घर भई हाल माछापुच्छ्रे गाउँपालिका ३ घाचोक बस्ने नरेन्द्र सिंह बस्नेत रहेको प्रहरीले जनाएको छ ।
यस्तै, पर्साको वीरगंज महानगरपालिका .३२ ज्योतीफर्मस्थित सडकमा ना.५ च ७१५ नम्बरको बलेरो पिकअपले ना.१ प ४६८९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गम्भीर घाईते भएका मोटरसाइकल चालक अफ्ताब आलम अन्सारी रहेको प्रहरीले जनाएको छ । अन्सारीको उपचारका लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका उक्त बलेरोका चालकलाई प्रहरीले खोजतलास गर्नुका साथै दुवै सवारी साधन नियन्त्रणमा लिएको छ ।
कैलालीको गोदाबरी नगरपालिका.२ स्थित पहाडरोडमा से.१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीय देबराम टमाटाको मृत्यु भएको छ । बुधबार साँझ जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमाटाको पद्ममा अस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान चलिरहेको स्थानीय प्रहरीले जनाएको छ ।











प्रतिक्रिया