अवैध जडिबुटीसहित दुई पक्राउ

0
Shares

बाजुरा । हिमाली गाउँपालिका १ बामुस्थित देबीडाँडा सामुदायिक वनबाट करिब १ क्विन्टल कटुकी नामक अवैध जडिबुडीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वन अध्यक्ष ३२ वर्षीय राज बहादुर भण्डारी र सचिव ५० वर्षीय बियलाल रोकाया रहेको प्रहरीले जनाएको छ ।

उक्त वनमा अबैध रुपमा जडिबुडी संकलन भइरहेको खबर प्राप्त भएपछि प्रहरी चौकी बिछ्यिा र वनका कर्मचारीसहितको संयुक्त टोलीले उक्त परिमाणको जडिबुटी सहित उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।