सस्तो मुल्यमा राहदानीको फोटो र फारम

0
Shares

न्युज अफ नेपाल. धादिङ ।

राहदानीको फारम भर्नका लागि बजारमा अत्याधिक महंगो मूल्य लिनेगरेपछि जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालले सस्तो मूल्य पसल संचालनमा ल्याएको छ ।

राहदानीको फोटोको ५० रुपैयाँ, फोटो सहित फारम भरेको १ सय ५० रुपैयाँ मूल्य निर्धारण गरि सस्तो पसल संचालनमा ल्याइएको महिला मानवअधिकार रक्षक सञ्जाल धादिङका अध्यक्ष गायत्री खतिवडाले बताउनुभयो ।

बजारमा राहदानीको फोटो सहित फारम भरेको ४ सइ ५० देखि ५ सय रुपैयाँसम्म लिने गरेर उपभोक्ताहरु ठगिएको अवस्थामा यसरी उपभोक्ता ठगिनबाट बचाउन यस किसिमको पसल संचालन गर्न जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडीको जिल्ला बालकल्याण समितिको काम नगरेर त्यतिकै परेको पुरानो भवनमा सुपथ मूल्य पसल संचालनमा आएपछि मूल्य घटाउन नहुने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन समेत गएका थिए ।

केही राजनितिक दलका नेताहरुले प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई टेलिफोन गरेर सस्तो पसल संचालन नगर्न दवाव समेत दिएको प्रमुख जिल्ला अधिकारी ङले बताउनुभयो ।

सुपथ मूल्य पसल संचालन गर्दा भएको खर्चबाट बाँकी रहेको नाफा हिंसा पीडित महिला तथा बालबालिकाकाका लागि खर्च गरिने पसल संचालक खतिवडाको भनाइ छ ।

यस किसिमको पसल सुरुका दिनमा थोरै मात्र ग्राहक आएपनि हालका दिनमा भने ग्राहक धेरै आउन थालेको र राहदानीको फारम भर्न भिड लाग्ने गरेको छ ।
सीताराम अधिकारी