नवनियुक्त मन्त्रीहरुले लिए सपथ

0
Shares

न्युज अफ नेपाल, काठमाण्डौँ ।

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत विशिष्ट पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै, मोतिलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, रामवीर मानन्धरलाई शहरी विकास र नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले यसअघि कानून मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रीका रुपमा जिम्मेवारी हेरफेरको जिम्मेवारी दिएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठनमा गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा मन्त्रीबाट तथा रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढा राज्यमन्त्रीबाट बाहिरिएका छन् ।