पुर्वाधार बिकास साझेदारी कार्यक्रमको आधा रकम सडकमा

0
Shares

नेपाल समाचारपत्र ,पर्वत

पूर्वाधार क्षेत्र साझेदारी कार्यक्रम अन्तर्गत पर्वत जिल्लामा सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर रकम बिनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य संयोजक रहने गरी विनियोजन हुने ६ करोड रकम मध्ये आधा भन्दा बढी रकम सडक स्तरोउन्नतीका लागि बिनियोजन गरिएको हो ।

साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रकमका योजना विनियोजन भएका हुन । सांसद गिरी निर्देशक समितिको संयोजक रहने गरी संघिय सरकारबाट प्राप्त रकमको बाँडफाँड भएको हो ।

प्रतिनिधीसभा प्रत्यक्ष निर्वाचित साँसद पदम गिरीको संयोजकत्वमा बिनियोजन भएको रकम मध्ये सडकको स्तरोउन्नतीका लागि ३ करोड २० लाख रकम बिनियोजन भएको छ । यो रकमबाट पर्वत जिल्लाका १० वटा ग्रामीण सडकको स्तरोउन्नतीमा खर्च गरिने साँसद गिरीले जानकारी दिनुभयो ।

सडक तर्फ पातिचौर देखि बाजुङ हुँदै क्याङ सडक, वारीवेनी देखि माझफाँट हुँदै लेकफाँट नागी सडक, होश्राङदी देखि भोक्सिङ हुँदै बाच्छा जोड्ने सडक र विहादी गाउँपालिकामा पर्ने उरामपोखराको गेप्ताङ चिउरीखाल्टा सडकका लागि ५० लाखका दरमा बजेट बिनियोजन गरिएको छ ।

यसैगरी मिलन चोक लेकफाँट शालीजा सडक, हातेमालो चोक धरमपानी पैयूकोट सडकका लागि २० लाख का दरमा बजेट बिनियोजन भएको छ । पाङ धैरेनी मावि–पार्वती गुफा–हिमालय मावि सडक स्तरोउन्नती, गगटे गोतमे थर रापु सडक स्तराउन्नती, लाम्पाटा सिदाली चनौटी कार्किनेटा सडकका लागि १०र१० लाख रकम विनियोजन भएको छ ।

‘अधिकाँश गतबर्षका क्रमागत योजनाहरु र केही नयाँ योजनामा बजेट बिनियोजन भएको छ’ प्रतिनिधीसभा सदस्य गिरीले भन्नुभयो ‘सडक पुर्वाधार नै पहिलो प्राथमिकतामा भएकाले धेरै बजेट बिनियोजन भएको हो । ’

शिक्षा क्षेत्रको पूर्वाधार अन्र्तगत ६ वटा विद्यालयका लागि रकम छुट ाएका छन । कुल ८० लाख ५० हजार रकम मध्ये पर्वत बहुमुखी क्याम्पस पूर्वाधार निर्माणका लागि २० लाख, राम मावि पर्खाल निर्माण १० लाख, देविस्थान प्रावि तारबार निर्माण १० लाख, काफल चौर मावि सभाल निर्माण १६ लाख २५ हजार, महेन्द्र ज्याति मावि पूर्वाधार निर्माण १४ लाख, पूणेश्वर मावि पूर्वाधार निर्माण १५ लाख रकम विनियोजन भएको छ ।

कुल १ करोड १२ लाख रकम भने सामुदायिक सभा गृहहरु निर्माणका लागि विनियोजन गरिएको छ । हिम शिखर क्लब सभागृह निर्माणका लागि १० लाख, शहिद स्मृति सभाहल निर्माण पैयू ५० लाख, तालिम हल निर्माण (त्रिवेणी बहुउद्देश्यीय सहकारी) १२ लाख, चिसापानी दुग्ध सहकारी पूर्वाधार निर्माण, शिवालय सामुदायिक बहुउदेश्यीय भवन निर्माण, गायत्री राधामाधव आश्रम, एकला क्लब पूर्वाधार निर्माणका लागि १०/

२० लाख रकम विनियोजन भएको छ ।
खेलकुद पूर्वाधारका लागि मोदीकाली कभर्ड हल २० लाख र कर्भड हल डिमुवाका लागि १० लाख रकम विनियोजन गरिएको छ । पर्यटन, संस्कृतिका लागि ३५ लाख रकम विनियोजन भएको छ जस अन्तर्गत बाटुलेचौर कालिका भगवती मन्दिर मर्मत १० लाख, गुप्तेश्वर शिव पार्वती तथा पूर्वाधार निर्माण १० लाख, बर्राचौर पातल पीस पार्क १५ लाख रकम विनियोजन भएको छ । जिल्ला स्थित एक मात्र जिल्ला अस्पतालको ल्याव सेवालाई प्रभावकारी बनाउन १५ लाख रकम बिनियोजन भएको छ ।
समाप्त मंसिर ५