स्काभेटर र टिप्परमा प्रेसरकुकर बम प्रहार

0
Shares

न्युज अफ नेपाल , काठमाडौँ ।

बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमाथि प्रेसर कुकर बम प्रहार गरेको छ ।

मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएका स्काभेटर र टिप्परमाथि अज्ञात समूहले बम आक्रमण जनाईएको छ ।

मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आएको दुई स्काभेटर र एक टिप्परलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एउटा स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने अर्को स्काभेटर र टिप्परको अगाडिको भागको सिसा फुटेको सिन्धुलीका प्रहरीले बताएको छ ।

स्काभेटरमा बम आक्रमण गर्नेमा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको छ ।