सामसङले ग्यालेक्सी ए शृंखलामा सबैभन्दा नयाँ स्मार्टफोन ग्यालेक्सी ए ७० एस प्रस्तुत गरेको छ। यसमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट रहेको छ।
नयाँ ग्यालेक्सी ए ७० एस मा ६४ मेगापिक्सलको प्राइमरी सुटरको साथ ट्रिपल क्यामेरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेटक्ट गर्न सकिने सुविधा छ।
नयाँ ग्यालेक्सी ए ७० एस मा उल्लेखनीय विशेषता रहेको छ, यसमा ६४ मेगापिक्सलको क्यामेरा, एक्सन भिडियो सुट गर्नको लागि सुपर स्टेडी मोड एवं कम उज्यालोको अवस्थमा पनि उत्कृष्ट फोटो खिच्नको लागि नाइट मोड रहेको छ।
यसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ जस्ता विशेषता छ। ग्यालेक्सी ए ७० एस को मूल्य ४८ हजार ८९० रुपियाँ रहेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया