एनआईसी एसिया सुपर चमत्कारिक मासिक निक्षेप खाता

0
Shares

एनआईसी एसिया बैंकले मंगलबार जारी गरेको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ विषयको सूचनालाई प्रष्टाएको छ। बंैकले यो योजना सुपर चमत्कारिक रिकरिङ निक्षेप खाताको नाम परिर्वतन मात्र रहेको जनाएको छ।

आम जनमास लाई सजिलोसंँग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई सुपर चमत्कारिक मासिक निक्षेप खाता भन्ने नामाकंन गरिएको बैंकको दाबी छ।

बैंकका अनुसार रिकरिङ निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहले आफ्नो भविष्यको विभिन्न योजनाको लागि चाहिने वित्तीय स्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सक्नेछन्।

रिकरिङ निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा समेत निकै नै प्रचलित एवम् पहिलादेखि नै सञ्चालनमा रहेको योजना रहेको र नेपालमा समेत केहि बैंकहरूले विभिन्न नाममा रिकरिङ निक्षेप योजना सञ्चालन गरी निक्षेप स्रोत परिचालन गरिरहेको छन्।

बैंकले सार्वजानिक गरेको सुपर चमत्कारिक खाताअन्र्तगत उक्त सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्।