सिटी एक्स्प्रेसको विजेता चयन


सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताले दैनिक २ रुपियाँको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १ लाख जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख रुपियाँ जित्न सक्ने घोषणा भएको थियो।

यो अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्।

यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ६३० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १० हजार जितिसकेका छन्।

हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको एक ला को मासिक लक्की ड्र«मा परी बाग्लुङ निवासी हाल जापानमा कार्यरत गोविन्द बहादुर थापा विजेता घोषित हुनुभएको छ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच गोबिन्दबहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिको कम्पनीले जनाएको छ।