बेपत्तापत्रकार तेजुका कंकाल हुनसक्ने प्रहरीको अनुमान


दयाराम पण्डित, बाजुरा ।

दिपायल सिलगढी नगरपालिका वडा नं १ घर भई बाजुराको बुढिनन्दा एफएममा कार्यरत बेपात्ता पत्रकार तेजु खड्काको अर्ध कंकाल (करंङ्) हुनसक्ने नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता पत्रकार तेजु खड्काको पर्ससहित  १सय २५रुपैंया, जाकेट, आईडिकार्ड, सामसुङ मोवायल सेट, लाइसेन्स झोला लगायतका सामानको नजिकै कंकाल भेटिएकाले तेजुकै हुनसक्ने अनुमान प्रहरीले गरेको हो।

स्थानीयले दिएको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी ,स्थानीय वासिनदा लगायत पत्रकारको टोली आईतवार विहान देखि खोजीकार्यमा घटनास्थल तर्फ परिचालन गरिएको थियो । तेजुको सामान सहित करंंङ बुढिगंगा नगरपालिकाको वडा नंं ४ अबस्थित लौरीविनायकमा सोमवार फेला पारेको हो ।

आबस्यक थप अनुसन्धानका लागि मगलवार जिल्ला प्रहरी कार्यालय मार्तडी ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कंकालको डियनए परिक्षण गरिने उनको पारिवारिक श्रोतले बताइएको छ ।

कंकालसंगै तेजुकी पत्नी तारा खड्कालाई पनि जिल्ला प्रहरी कार्यालय माल्याइएको छ । तेजुको वास्तविक अबस्थाबारे जानकारी लिन उनकी आमा सहित मंगलवार साँझ डोटीबाट आफन्तजन बाजुरा हिडेको नेपाल पत्रकार महांसंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर जानकारी दिनुभयो ।

पत्रकार तेजु बुढिनन्दा माताको दर्सन गर्न गएको वेलागत वर्ष भाद्र ९ गतेदेखि बुढिनन्दा पहाडबाट बेपत्ता भएका थिए ।

बेपत्ता खड्काको खोजीकार्य तीव्र पार्न नेपाली सेनाको हेलिकोप्टर सहित सेना प्रहरी र स्थानीय वासिन्दालाई पटक पटक घटना स्थलतर्फ परिचालन गरिएको थियो ।

यद्येपी जडिबुटी संकलन गर्ने क्रममागत साता स्थानीयले झोला भएको ठाउँमा केहि कंकाल पनि भएकाले मृत्यु भएको आशंका गरिएको पत्रकार खड्काको सो सामानलौरी विनायक भन्ने स्थानमा भेटाएको स्थानिय पदम रोकायाले बताउनुभएको छ ।