उपनिर्वाचनमा काँग्रेस उम्मेदवारलाई जिताउन गोपालमान श्रेष्ठकाे आग्रह 


कास्की ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सरकारलाई सही बाटोमा डो¥याउनका लागि उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा स्याङ्जा–पोखरा सम्पर्क समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले लोकतान्त्रको रक्षार्थ नेपाली काँग्रेसले उपनिर्वाचन जित्नुपर्ने दावी गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि यो चुनाव काँग्रेसका पक्षमा हुनुपर्ने जिकीर गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजका संयोजक पवन नेपाल, नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, पूर्वसांसद राजु थापा, नेत्री सरिता तिवारी, महासमिति सदस्य देवराज चालिसेलगायतका नेताहरुले यस पटक काँग्रेस उम्मेदवार खेमराज पौडेललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रासस