समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न


सरस्वती न्यौपाने, रसुवा ।

गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रुबेशीमा समुदायमा सरकारी वकिल कार्यक्रम अन्तरगत शिक्षक विद्यार्थी आमा समुह र त्यहाँको स्थानीयहरुसँग छलफल गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रसुवाको आयोजनामा भएको उक्त कार्यक्रममा कस्तो घटना अड्डा अदालत जाने र कस्तो घटनामा गाउँमा मिलाउने र सकभर आपराधिक घटना हुन नदिने सम्बन्धी व्यापक छलफल गरिएको थियो । साथै समुदायमा प्रहरी साझेदारी कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा जिल्ला सरकारी न्यायाधि वक्ता बाबुराम भट्टराई, रसुवा जिल्ला अदालतका श्रेस्तादार सदन अधिकारी, जि.स.स. प्रमुख छोपेमा तामाङ, गोसाईकुण्ड गा.पा.उपाध्यक्ष कार ग्याल्मो श्रेष्ठ, साहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराइर्, प्रहरी नायव उपरिक्षक भागेन्द्र पुरुष ढकाल, आमा समुह शिक्षक विद्यार्थी र स्थानीयबासि लगाएतको उपस्थिति रहेको थियो ।

समाजमा हुने कुनै पनि आपराधिक घटना हुन नदिन सबैको सहकार्य भएकोले सबैले आफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्ने बताइएको छ ।