माल्दिभ्समा ७ लाख अमेरिकी डलरकाे जागिर लगाइदिनछु भन्दै ठगी गरेर महिला बेपत्ता


न्युज अफ नेपाल, मोरङ ।

माल्दिभ्समा मासिक ७ लाख अमेरिकी डलर तलब हुने भन्दै मोरङ सुन्दरहरैंचाकी एक महिलाले ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ।

अधिकृत प्रेम सञ्जेलका अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिकामा बसोबास गर्दै आएकी ३३ वर्षीया लक्ष्मी दाहालले ५० जना युवासँग रकम उठाएर बेपत्ता भएकी हुन् ।

रकम ठगी गर्दै विदेश जान सक्ने भएकाले पीडितहरुले पासपोर्ट नम्बर ०८६२४३९५ सहित सो नाम र पासपोर्टलाई विदेश जान नपाउने गरी रोक्का गरिएको बताए।

ठगीका क्रममा दाहालले आफ्नो बैंक खातामा रकम पठाउन लगाएको प्रमाण प्राप्त भएका छन् । पीडितहरु झापा, मोरङ, सुनसरी लगायतका छन्।

बेपत्ता अवस्थामा रहेकी दाहालसँग भेटघाट भएर कुरा मिलेपछि सबै जनाले उनको सनराइज बैंकमा रहेको खाता नम्बरमा पैसा हालिदिएको पिडितहरूकोको भनाई छ।