श्रीलंकाका प्रधानमन्त्री राणिलले राजीनामा दिने


श्रीलंका । श्रीलंकाका प्रधानमन्त्री राणिल विक्रमासिंघेले राजीनामा दिने भएका छन्।

राष्ट्रपतिको चुनावमा युनाइटेड नेसनल पार्टीले हारेपछि प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्री विक्रमासिंघेले बिहीबारमात्रै सरकार छाड्ने उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापक्षेले नयाँ क्याबिनेट गठन गर्ने भएपछि उनले राजीनामा दिन लागेको एजेन्सीले जनाएको छ ।

मंगलबार प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपतिसँग यसबारे कुराकानी गर्न भेटघाट गरेका थिए।

गत शनिबार भएको राष्ट्रपतिको निर्वाचनमा राजापाक्षेले युनाइटेड नेसनल पार्टीका सजिथ प्रमदासालाई १३ लाखभन्दा बढी मतले पराजित गरेका थिए।
एजेन्सी