हेराल्ड कलेज काठमाडौंको ६७ विद्यार्थी दिक्षित


न्युज अफ नेपाल, काठमाडौं ।

हेराल्ड कलेज काठमाडौंको पहिलो दिक्षान्त आज बुधबार समारोह सम्पन्न भएको छ । दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना बिद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभयो ।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्य उत्कृष्ठ मानिन्छ । दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सहकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताउनुभयो ।

आज दिक्षीत हुने विद्यार्थीलाई म बधाइ दिन चाहन्छु, आशा छ कि भविश्यमा तपाईहरुले देशको लागि उल्लेखनीय काम गर्नुहुन्छ । सो विश्वविद्यालयले मेरिल्याण्ड कलेज विराटागर लाई समेत सम्बन्धन दिएको छ ।

विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौ । हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्नेछ–उहाँको भनाई थियो ।

उहाँले उभ्धरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उतिर्ण विद्यार्थी मध्य ९६ प्रतिशतले रोजगारी हासिल गरेको बताउनुभयो ।

हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफइन्टरनेशल विजनेश म्योजमेन्ट र तीन वर्षे बिएस्सी अनर्स कम्प्युटर साइन्स कक्षा संचालन गरिरहेको छ ।

दिक्षान्त समारोहमा बोल्दैे विश्वविद्यालयका अन्तरदेशिय शिक्षा प्रमुख डा क्रिष्टोफर डेनेटले दिक्षीत विद्यार्थीलाई शुभकामना दिदंै यो कलेजमा पढ्ने विद्यार्थीले विश्वको कुनैपनि देशको शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।

आइएनजी ग्रुपले संचालन गरेको हेराल्ड कलेज काठमाडौको बारेमा जानकारी दिदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राख्नुभयो ।
उहाँले उच्च शिक्षा अध्ययनको क्रममा विदेश गएपछि आफ्नै देशमा आएर श्रम गर्न आग्रह गर्नुभयो । भन्नुभयो–तपाईहरु विदेश जानुस तर उच्च शिक्षा हासिल गरेपछि नेपाल फर्कनुस ।
पहिलो दिक्षान्त सम्पन्न गर्न पाउदा हामीलाई धेरै खुसी लागेको छ , त्यतिनै खुसी विद्यार्थीले थप प्रगति गरोस भन्ने लागेको छ–बधाइँ दिने क्रममा उहाँले भन्नुभयो । अध्यक्ष बुढाथाकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा हेराल्ड कलेज काठमाडौँका प्रमुख कार्यकारी अधिकृत (सिइयो) प्रकाश श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो ।

अध्यक्ष बुढाथोकीले आइएनजी ग्रुप अन्तर्गत संचालित पाच वटा कलेजले करिब ५ सय युवालाई रोजगारी दिएको जानकारी दिनुभयो । उहाले सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गर्नुभयो । ती संस्थामा अध्ययनरत मध्य करिब ४ हजारले ग्रयाजुएट हासिल गरेको र ४ हजारको संख्यामा पुर्व विद्यार्थीको एल्मुनाई संगठित रहेको छ ।