मन्त्रिमण्डल पुनर्गठन सर्यो


न्युज अफ नेपाल, काठमाडौँ ।

आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ।

नेपाल कम्युनिष्ट पार्टीको बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि मन्त्रिमण्डल पुनर्गठन नहुने सम्भावना बढेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको विषय आज नसकिएको बताए।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने जानकारी दिइन्।

यसअघि मंगलबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए।

सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली याक एण्ड यती होटलमा हुने एक कार्यक्रममा सहभागी हुन गएका छन्।

राष्ट्रपति कार्यालय शितल निवास स्रोतले पनि सपथका लागि तयारी गर्न बालुवाटारबाट कुनै सन्देश नआएको बताएको छ।