मरेको कुखुराको मासु खाँदा मृत्यु



बैतडी, (नेस)। 

मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्की रहेकी छन्। मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य नौ जना बिरामी भएका छन्।

शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिनुभयो। मासु खाएपछि बान्ता हुने, झाडापाखालालगायतका लक्षण देखिएका बताइएको छ।

शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो। मासु खाएपछि ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की बिरामी भएका छन्।

बिरामीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिए पनि सञ्चो नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगिएको महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्