नेकपाकाे सचिवालय बैठक बुधबार बस्ने 


न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको अधिकांश काम सकिए पनि केही कमिटीको काम अझै नसकिएकाले बैठक बस्न लागेकाे हाे । यसका लागी आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।