विरामीहरुको ज्यान बचाउन सेनाको सहयोग, रगत दिंदै विरामी बचाउँदै


दयाराम पण्डित, बाजुरा ।

बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् ।

सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो, एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त मैले ब्लड गुु्रप मिल्ले स्टाफ छनौट गरें । ब्लडग्रुुप मिल्ले सिपाही अहिमान सिं नेपालीले र अमल्दार रेकम विसीले एक -एक पिन्ट ब्लड दिएर आए ।

फेरी फोन आयो हिमाली गाउँपालिका वडा नं ३ की धनकला गुरुङ्गलाई अत्यधिक रक्तश्रावले छट्पटाएकी छिन्, ब्लड ग्रुुप मिल्ने भए सहयोग गर्नुपर्यो । समरजित गुल्मबाट हुद्धा सुकमान घ्लानले एक पिन्ट ब्लड दिएर आए ।

फेरी फोन आयो समरजित गुल्मका सहायक पण्डित हुद्धा तिलकराम पंगेनीले एक पिन्ट ब्लड दिए । दुुईदिनमा चार सैनिकले रक्क्रदान गरेका छन् , सायद दुुबै विरामीको ज्यान बच्न सक्छ , समरजित गुल्मका गुल्मपति रबिन श्रेष्ठले भन्नुु भयो ।

केहीदिन अगाडि बुढिनन्दा नगरपािलका वडानं. ३ की तीस वर्र्षीया जावा दमाईलाई गुल्मपति श्रेष्ठ स्वयंले ए पोजेटिभ समुहको रक्त दानगरी उनको ज्यान बचाएका थिए । गत साउन देखि आज सम्म ६ जना ब्लड कमी भएका विरामीलाई आर्मीको रक्तदान सहयोगबाट विरामीलाई सहयोग गर्न पाईयोु, खुशी छु गुल्मपति श्रेष्ठले भन्नुुभयो ।

सामान्यतया बाजुराका सर्वसाधारणहरु भने ब्लड डोनेशन गर्न मान्दा रहेनछन् । ब्लड चाहिपछि नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई गुुर्हाछन् । मानवीय दृष्टीले सहयोग गरिहेका छौं गुल्मपति श्रेष्ठले जानकारी दिनुुभयो ।

बाजुरामा बिशेषगरी रक्त अल्पत्ता, ब्लड क्यान्सर ,घाउ चोटपटक, गर्वाअवस्थामा अत्यधिक रक्तश्राव, महिनावारीमा बढी रक्तश्रावका विरामी आउँछन् । तर सर्वसाधारणलाई रक्तदान गर्नुपर्छ भन्ने जानकारी छैन जिल्ला अस्पाताल बाजुराका डाक्टर रोहित गिरीले भन्नुुभयो ।

समामान्यताया ९० देखि देखि १२० दिन सम्म राता रक्तकोषहरुको आयुु हुन्छ । त्यसपछि रगत दिएपनि नदिएपनि राता रक्तकोषहरु मरेर जाने भएकाले रगत दान गर्नु रक्तदान गर्ने ब्यक्तीका लागि समेत स्वस्थकर हुने कुरा डाक्टर रोहितले भन्नुुभयो ।

गत साउन देखि हाल सम्म २५ पिन्ट भन्दा बढि तत्काल रगत संकलन गरेर विरामीको ज्यान वचाएको नेपाल रेडक्रस जिल्ला शाखा बाजुराका ल्याब असिष्टेन्ट जगतवहादुर शाहीले भन्नुुभयो । हामीसंग ब्लड बैंक छैन ।

मान्छे बोलाएर रगत गुरुपिङ्ग र म्याचिङ्ग गर्दा कम्तीा एक घण्टा लाग्छ । सामाजिक विकास मन्त्रालयले एउटा फ्रिज उपलब्ध गराएको छ । त्योपनि ईन्सटल गर्ने प्राविधिक नआएर प्रयोग विहिन छ । फ्रिज जडान भए कम्तीमा ३५ दिनसम्म ब्लड राख्न सकिन्थ्यो अशिष्टेन्ट शाहीले भन्नुुभयो ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखामा ब्लड बैंकको उपयुक्त ब्यबस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा आईरहने यस्ता विरामीहरुको ज्यान बचाउनका लागि नेपाली सेनाको हालसम्म प्रयाप्त सहयोग रहेको कुरा जिल्ला अस्पताल बाजृुराले जनाएको छ ।