पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्य धाम निर्माण हुने


न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डू स्थित नव निर्मित माता पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण हुने भएको छ ।

आगामी पाँच वर्ष भित्र गुरुयोजना कार्यान्वयन गर्ने गरी गुरुयोजना निर्माण हुन लागेको हो ।

गत असोज १२ देखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभार वैष्णोदेवीको मन्दिर स्थापना गरिएको थियो । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको मंगलवार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी जनाइएको छ ।

सो क्षेत्रमा सत्सङ्ग हल, गुरू कुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वार र सबै गोत्रका ऋषिका प्रतिमा स्थापना गर्ने गरी गुरू योजना बनाएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

पाथीभरा मन्दिर मूल व्यवस्थापन समितिका संरक्षक एवं १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीले पाथीभरा माताको दर्शन गर्नकाले सुखशान्ति र समृति प्राप्ति हुने बताउनुभयो । उहाँले शुक्रवार मन्दिरको दर्शन गर्दा मनोकाङ्क्ष पूरा हुने बताउनुभयो ।

पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दुई देखि तीन सय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न थालेकाको मूल व्यवस्थापन समितिका संक्षक अरबिन्द्र शास्त्रीले जानकारी दिनुभयो ।

गत दशैंमा लगाइको शचण्डी महायज्ञबाट १४ लाख ७४ हजार २८ रुपैयाँ आम्दानीभएको छ । जसमा नौ लाख ७२ हजार ७२१ खर्च भएको र बाँकी रकम गुण्डूको सानाकिसान कृषि सहकारी संस्थामा बचत गरिएको समितिले जनाएको छ ।

र सम्मेलनमा गौसंरक्षक कन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गर्न गौ संरक्षण केन्द्रले सहयोग गर्ने बताउनुभयो ।