दाङबाट विप्लवका कार्यकर्ता पक्राउ


न्युज अफ नेपाल, दाङ ।
दाङको बबईबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बबई गाउँपालिकाबाट–२ ट्वाङखोला निवासी ४८वर्षीय रणबहादुर वली रहेको प्रहरीले जनाएको छ ।

वली विप्लव माओवादीका जिल्ला कमिटी सदस्य रहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।