प्रदेश ५ को राजधानी नयाँ ठाउँमा बनाउनुपर्ने प्रचण्डकाे भनाई


न्युज अफ नेपाल, बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी नयाँ ठाउँमा बनाउनुपर्ने बताएका छन् । प्रदेशको राजधानी दाङ चर्चामा आइरहेको बेला प्रचण्डले मंगलबार भैरहवामा आयोजित एक कार्यक्रममा नयाँ ठाउंमा बनाउनुपर्ने बताएका हुन् ।

उद्योग ब्यापार संगठन रुपन्देही र नेपाल चेम्बर अफ कमर्शको आयोजनामा शुरु भएको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सको उद्घाटन गर्दै उनले राजधानी पुरानै शहरमा भन्दा नयाँ स्थानमा बनाउँदा सो क्षेत्रको विकास हुने बताए ।

दुई वर्षसम्म प्रदेशको राजधानी र नामाकरण तोक्न नसक्दा अन्यौलता भएको छ’ प्रचण्डले भने, ‘अब पुरानो शहरमा बनाउनु भन्दा नयाँ ठाउंमा बनाउन उपयुक्त हुन्छ ।’

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै प्रचण्डले अब भने सरकारले देखिने गरी काम गर्ने दाबी गरे ।