लागूऔषध सहित चार जना पक्राउ 


न्युज अफ नेपाल, काठमाडौं ।

पर्साकाे वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल सहित तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मकवापुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङ शुवडीपल नगरपालिका-९ बस्ने २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङलाई पक्राउ  गरेकाे हाे। प्रहरी चौकी ईनरुवा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै,  धनुषाकाे धनौजी गाउँपालिका-४ भडहरीयाबाट नियन्त्रित लागूऔषध नाईट्रोभ्याट १ हजार ५ सय ट्यावलेट सहित जनकपुर उपमहानगरपालिका-२ कदमचोक बस्ने धनुषाधाम नगरपालिका-५ घर भएका २३ वर्षीय चन्देश्वर महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त ट्यावलेट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।