ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा संचालन भएका ट्रायल सेन्टरमा अनुगमन गर्दा नक्कली प्रशिक्षर्थीले परीक्षामा सामेल भएको फेला पारी कारवाही अगाडि बढाएको छ ।

महाशाखाले अनुगमन गर्दा भक्तपुर ट्रायल सेन्टरमा गुल्मीका थमन बस्नेतको नाममा ट्रायल दिन आएका गुल्मीकै रमेश बस्नेतलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको छ ।

त्यस्तै सुकेधार ट्रायल सेन्टरमा रामेछापका रमेश थापाको नाममा सुमन भन्ने जयराम श्रेष्ठले मोटर साईकलको ट्रायल दिइ रहेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारी कारवाहीकालागि स्थानीय प्रहरीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी एकान्तकुना ट्रायल सेन्टरमा लमजुङका चन्द्रबहादुर गुरुङको नाममा कर्णबहादुर बिकले ट्रायल दिइरहेको अवस्थामा फेला पारी कारवाही अगाडि बढाएको उहांले जानकारी दिनुभयो ।