‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न


न्युज अफ नेपाल, चितवन ।

जिल्ला प्रहरी कार्यालय चितवनमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम मंगलबार कार्यालयमा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका–८ स्थित एसओएस बालग्राममा ९ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुसँग उक्त कार्यक्रम गरिएको हो ।

उक्त अवसरमा साइवर सुरक्षा सम्बन्धि सचेतना प्रशिक्षण समेत प्रदान गरियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले २१ औं शताव्दीमा विद्यार्थीहरुको भूमिका, सामाजिक उत्तरदायित्व, नागरिकहरुको कर्तव्य सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले साईबर अपराधको चुनौती, संजालको सुरक्षित प्रयोग, साईबर अपराध र लागुऔषधबाट बच्ने उपाय तथा प्रहरी निरीक्षक देवराज शर्माले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औचित्य र प्रभावकारिताको सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभयो ।

सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयको अवलोकन समेत गराइएको थियो ।