निर्मला प्रकरण : पत्रकार खेम भण्डारी जेल चलान

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।

भण्डारीविरुद्ध कञ्चनपुर प्रहरीले अबहेलना मुद्दा दायर गरेको थियो । जस अनुसार अदालतले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलनामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रहरीका अनुसार उनी एक घण्टापछि रिहा हुनेछन ।