पोखरिया अस्पतालको कन्तबिजोग

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लाको पोखरीयामा रहेको जिल्ला अस्पताल माल पाएरपनि चाल नपाए जस्तो भएको छ । स्थानीय तह र स्वाथ्यकर्मीको लापरवाहीका कारण लथालिङग छ। २०६९ सालमा २ करोड ५० लाख रुपैयाँ लागतमा बनेको जिल्ला अस्पताल अहिले थला परेको हो। १५ शैयाको उक्त अस्पताललाई जिल्ला अस्पतालकै रुपमा स्तरोन्नती गरेपनि विरामी र सेवाग्राहीले त्यस अनुसारको उपचार सेवा भने पाउन सकेका छैनन्।

अस्पताल भौतिक पूर्वाधारका रुपमा निकै सुविधासम्पन्न भएपनि चिकित्सक र स्वास्थ्यकर्मी नभएका कारण अस्पताल थला परेको छ।जिल्ला जनस्वास्थ्य केन्द्र मातहतमा रहेको यो अस्पताल स्थानीय तहको निर्वाचनपछि पोखरीया नगरपालिकाको मातहतमा आएको छ। तर, नगरपालिकाले पनि चासो नदेखाएका कारण अस्पताल लथालिङ्ग छ।

उक्त अस्पतालको स्तरोन्नती भएपनि सात वर्षदेखि यहाँ कुनै विभाग र वार्ड पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन्। अस्पतालमा ९औं र ८औं तहका गरी ३ जना एमबीबीएस डाक्टरको दरबन्दी छ। तर, ८औं तहका एक जना मात्र चिकित्सक डा.अनिल यादव कार्यरत छन्। यादव पनि केही दिनदेखि अध्ययनका लागि भन्दै बिदामा बसेकाले निमित्त मेसुको जिम्मा छात्रवृति तर्फका चिकित्सक डा.आलोक यादवले पाएका छन्।स्टाफ नर्स र अनमी गरी १० जनाको दरबन्दी रहेपनि अहिले अस्पतालमा ५ जना मात्र कार्यरत छन्। २ अहेबको दरबन्दीमा पनि एक जना मात्र कार्यरत छन्।

अहिले कार्यरत चिकित्सक र नर्सहरु पनि कार्यालय समयमा अस्पतालमा नआएपछि उपचारका लागि अस्पतालमा पुगेका विरामी र सेवाग्राही दिक्क छन्। पोखरिया अस्पतालमा चिकित्सकहरु नभएपछि स्थानीयहरु उपचारकय लागि छिमेकी देश भारत जान बाध्य भएको पर्साकये पाखरियाका स्थानीयवासी धर्मेन्द्र चौरसियाले बताउनुभयो ।

नेपालको पहाडी जिल्लाबाट नर्सहरु पोखरिया अस्पतालमा जागिरकय लागि आउने गरेको र उनीहरु यहाँको बातावरणमा रम्न नसकेपछि काजमा फेरि सरुवा हुने प्रबित्ति बढेका कारण पनि स्वास्थ्यकर्मीहरु पाउन समस्या भएको नगरपालिकाककी उपमेयर सलमा खातुनले बताउनुभयो । अस्पताल धेरै समस्या रहेको तर अहिले आफूले धेरै कुरामा सुधार गरेको मेसु डा.आलेक यादवले बताउनुभयो ।