वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाती र लम्पसारवादी : पूर्व अध्यक्ष महर

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली काँग्रेसका युवा नेता एवम् नेविसंघ पुर्व अध्यक्ष नैनसिंह महरले ‘कम्युनिस्टहरुले नेपाली जनता लाई धोका दिएका कारण यो उपनिर्वाचनमा काँग्रेसको पक्षमा भोट दिन अनुरोध गरेका छन् । काँग्रेस विजय गराउने देशव्यापी अभियानमा रहेका महरले कास्की २ नं. क्षेत्रका काँग्रेस उम्मेदवार खेमराज पौडेलको घरदैलो कार्यक्रममा पोखरेली जनतासंग भोट माग्दै वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाती र लम्पसारवादी भएको आरोप लगाए ।

नेता महरले वर्तमान सरकार बनेका दिन देखि देशमा काण्डैकाण्ड मच्चिएको भन्दैं अब कांग्रेसको विकल्प नभएको बताएका छन ।