फेरि बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबार सुनको मूल्य चार सयले बढेको छ । सोमबार प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन ७१ हजार ७०० मा कारोबार भएको छ ।

सोमबार प्रति तोला ८ सय ५० मा कारोबार भएको चाँदी आज प्रति तोला ८ सय ६० मा कारोबार भएको संघले जनाएको छ ।