धमलाद्वारा पार्टी परित्याग गरेको घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भिर’ले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

धमलाले एक विज्ञप्ती प्रकाशित गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभयो ।‘ पार्टीको पछिल्लो योजनार समग्र विषयमा सहमतिहुन सकिन । तसर्थ सांगठनिक रुपमा म उक्त पार्टीमा नरहने घोषणा गर्दे राष्ट्रियता,जनतन्त्र र जनजीविकाको आन्दोलनमानिरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्दछु । ’ विज्ञप्तीमा भनिएको छ ।

पार्टीलाई परित्याग गरेर स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहने पनि सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।