मिर्गौलापीडितले गरे प्रदर्शन

0
Shares

काठमाडांै, (नेस) ।

मिर्गौलापीडितहरूले सरकारले उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पहिला जसरी नै उपलब्ध गराउन माग राखी सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन्।

मिर्गौलापीडित सरोकार समाजको नेतृत्वमा बालुवाटार पुगेका मिर्गौलाका बिरामीहरूले जीविकोपार्जनवापतको मासिक भत्ता र डायलसिस्मा दिइँदै आएको सुविधा यथावत् राख्न माग गरेका हुन्।

प्रदर्शनमा उत्रेका पीडितहरु १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगे पनि प्रधानमन्त्रीसँग भेट्न नपाएकोमा आक्रोसित बनेका थिए। प्रदर्शनमा उत्रिएका पीडितहरुले प्रधानमन्त्री स्वयं मिर्गौलापीडित भएर पनि आफूहरूको समस्या नबुझेको भन्दै बिरोधस्वरुप आन्दोलन गर्ने चेतावनी दिएका थिए।

समाजका अध्यक्ष बलराम सुवेदीले पीडितहरूले मासिक भत्ता ५ हजार रुपियाँ उपलब्ध गराइनुपर्ने, निःशुल्क हेमोडायलासिस हुनुपर्ने, बिरामी कुरुवाको उचित बसोबासको व्यवस्था गर्नुपर्नेजस्ता माग राखेका छन्।

प्रधानमन्त्री ओलीसँग भेट हुन नसकेपछि सहभागीले बालुवाटारदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरेका थिए।