नेपाल चिकित्सक संघमा चुनावी रौनक

0
Shares

काठमाडांै, (नेस)। 

नेपाल चिकित्सक संघको आगामी महाधिवेसनका लागि प्रजातान्त्रिक समूहले सबै पदाधिकारीको टुंगो लगाएको जनाएको छ। विभिन्न चरणको बैठक र सहभातिका आधारमा लगभग अन्तिम टुंगोमा पुगेका भनिएका पदाधिकारीहरुमा महासचिवका लागि डा. बद्री रिजालको सम्भावना बढेको छ।

महासचिव पदका लागि भने अझै पूर्ण सहमती जुटाउन बाँकी रहेकाले आधिकारिक उमेदवारको नामावली सार्वजनिक नगरिएको संघका एक वर्तमान पदाधिकारीले जनाएका छन्।

महासचिवको पदका लागि भने पाँचभन्दा बढी चिकित्सकको दाबी रहेकाले आन्तरिक छलफलबाट टुंगो लगाउने प्रयास जारी रहेको बुझिएको छ। अन्य पदका लागि भने छलफलबाट कुरा मिलेको बुझिएको छ।

महासचिव पदका लागि भएको आन्तरिक लडाइँ भित्रै मिल्ने र चुनावी मैदानमा पुग्दा सबै एक भएर पुग्ने संघका पूर्वअध्यक्षहरुले दाबी गरेका छन्।

संघको अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा डा. शिवकुमार श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, सहसचिवमा डा. प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा. शिवजी पौडेल र सहकोषाध्यक्षमा विश्वराज दवाडीको नाममा सैद्धान्तिक सहमति जुटेको छ।

त्यसैगरी अध्यक्ष पदका लागि वर्तमान महासचिव डा. लोचन कार्कीलाई उठाउने सहमति बिहीबारै भइसकेको छ। करिब अन्तिम चरणमा पुगेका छलफलले तय गरेका पदाधिकारीहरुको उमेदवारी परिवर्तन हुने अवस्था आयो भने पनि सहमतिमै हुने र सदस्यहरुको उमेदवार मात्रै टुंगो लगाउन बँकी रहेको वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ बताउनुहुन्छ।

महासचिव पदका लागि भने अझै उमेदवार तोकिएका व्यक्तिप्रति अन्य दाबेदार चिकित्सकहरु सहमत भइनसकेको बुझिएको छ।

त्यसैगरी प्रगातिशील समूहले सरकारी चिकित्सकमध्येबाटै महासचिवमा उठाउने तयारी गरिरहेको अवस्थामा प्रजातान्त्रिक समूहले सरकारी चिकित्सक समूहका संस्थापकलाई नै मैदानमा उतार्ने निर्णय गरेको छ।