रामेछापमा बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते


न्युज अफ नेपाल, रामेछाप।

रामेछापको दोरम्बा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ कि १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दोरम्बा गाउँपालिका ढाक्रेबासबाट दोलखाको भैंसे जाँदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो जीप सोमबार साँझ पौने ६ बजे डडुवामा दुर्घटना भएको हो।

प्रहरीका अनुसार घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन।