पद्मकलेज तथा स्कुलको वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ सुरु


पुष्कर बुढाथोकी, भक्तपुर ।

श्री पद्म मा.वि. दरवार क्षेत्र भक्तपुरले आङ्खनोे ९६औं जन्मोेत्सव तथा पद्म कलेजको दशौँ वार्षिकोत्सव समारोेह बिशेष कार्यक्रमका साथ मनाउन सुरु गरेको छ ।

एक समारोहकाबीच आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बार्षिकोत्सवको अवसरमा आयोजित बिज्ञान तथा सिभिल ईन्जिनियरीङ्ग प्रदर्शनी तथा सातौं १२ कक्षा स्तरीय भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रजापति,जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख खेमनाथ पोखरेल, भलिबलका अन्तरराष्ट्रिय रेफ्री गौतम लासिवा, बिनोद चरण राय, वडाध्यक्ष श्यामकृष्ण खत्री तथा राजकृष्ण गोरा, ब्यबस्थापन समिति अध्यक्ष बाबुराजा जोशी लगायतले बार्षिकोत्सवको सफलताको कामना गर्नुभयो ।

बिज्ञान तथा सिभिल ईन्जिनियरीङ्ग प्रदर्शनीमा बिद्यार्थीहरुले ५० किसिमका प्रस्तुति समेटेका छन्, जसमा ईलेक्ट्रिक ल्याब ,कारपेन्ट्री ल्याब, सिभिल सर्भिस ल्याब, भोलमिटर, साईन्स ईन्नोभेसन समेटिएका छन् ।

प्रदर्शनी ३ दिन सम्म स्कुल समयमा संचालन हुने र यसमा स्कुलका ६ देखि १२ कक्षासम्मका २ सय बिद्यार्थी प्रत्यक्ष रुपमा सहभागी भएको स्कुल तथा कलेजका प्राचार्य राम हाडाले बताउनुभयो ।बिज्ञान बिषय प्रयोगात्मक भएकाले बिद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित प्रदर्शनीमा बिभिन्न प्रतियोगीतामा उत्कृष्ट बिद्यार्थीको समेत प्रतिभा प्रदर्शन गरिएको छ ।

यसैगरी भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगीतामा ७ स्कुल सहभागी छन् । जसमा आयोजक श्रीपद्म माबि,ख्वप,स्प्रीङ्गडेल,आदर्श माबि सानोठिमी,आदर्श जनप्रमी,र एजे स्कुल र सैनीक स्कुलका टिम सहभागी छन् ।

पहिलो दिनको प्रतियोगीतमा ६ खेल मध्य दुई खेलमा श्रीपद्म माबिले र अर्को दुई खेलमा ए जे स्कुल बिजयी भएका छन् । बाँकी २ खेलमा क्रमश स्प्रीङ्गडेल र आदर्श जनप्रेमी बिजयी भएका छन् ।

प्रतियोगिताको पदक-पुरस्कारवितरण,विविध छात्रवृत्ति वितरण,पुरस्कारहरु वितरण तथा सांस्कृतिक कार्यक्रमहरुका साथ बार्षिकोत्सब मंसिर ८ गते सम्पन्न हुने बताईएको छ ।

विद्यालयले सम्पूर्ण पूर्व विव्यस-कलेजका अध्यक्ष-सदस्यहरु, पूर्व शिक्षक÷कर्मचारी, भूतपूर्व विद्यार्थीहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, अभिभावक, पत्रकार तथा शुभचिन्तक महानुभावहरुलाई बार्षिकोत्सवमा उपस्थितिको लागि अनुरोध गरेको छ ।