प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण


न्युज अफ नेपाल, हेटौंडा ।

प्रदेश नम्बर–३ लोक सेवा आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठले आज हेटौंडामा सपथ ग्रहण गर्नु भएको छ ।

आज प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँइले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । पूर्व सचिव समेत रहनु भएका श्रेष्ठको प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्रसाईले प्रदेश लोकसेवा आयोगका अध्यक्षको कार्यकाल सफल वनाउनका लागि आग्रह समेत गर्नुभएको छ । प्रदेशमा निस्पक्ष रुपमा आफ्नो काम अगाडी वढाउनका लागि उहाँले आग्रह गर्नु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुंङ्गेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमख सचिव तोयम राय, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, बिभीन्न सरकारी कार्यालयका प्रमुखहरु ल्गायतकाको सहभागिता रहेको थियो ।