प्रधानसेनापति थापा र भारतीय सेनाका लेफ्टिनेंट जनरलबीच भेटवार्ता


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेंट जनरलहरुबीच भेटवार्ता भएको छ। सोमबार सैनिक मुख्यालय जंगी अड्डामा भारतीय सेनाका लेफ्टिनेंट जनरलहरु शान्तानु दयाल, एभिएसएम, भिएसएम र डाइरेक्टर जनरलबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय आसपी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

छिमेकी राष्ट्रको उच्च पदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझै प्रगाढ बनाउने सेनाको भनाई छ।