अस्थायी प्रहरी पोष्ट धुन्चे र प्रहरी चौकी स्याफ्रुको भवनको उद्घाटन


सरस्वति न्यौपाने, रसुवा ।

अस्थायी प्रहरी पोष्ट र प्रहरी चौकीको नवनिर्मित भवनको एक कार्यक्रम विच सोमबार उदघाटन गरिएको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक शेरबहादुर बस्नेतले सोमबार गोसाइकुण्ड गाउँपालिका–६ धुन्चे स्थित अस्थायी प्रहरी पोष्ट र सोही गा.पा.५ स्थित स्याफ्रुबेशी स्थित प्रहरी चौकीको नवनिर्मित भवनको एक कार्यक्रम विच सोमबार उदघाटन गरेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको सहयोगमा निर्मित उक्त दुई भवन उदघाटन गर्दै नायव महानिरिक्षक बस्नेतले शान्तिपुर्ण समाज निर्माण र कुनैपनि आपराधिक कृयाकलाप हुन नदिइ सबै प्रकारका अपराधहरु नियन्त्रण गरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाइ राख्न प्रहरी कृयाशिल रहेको बताए ।

कार्यक्रममा गोसाइकुण्ड गाउँपालिकाको उपाध्यक्ष कार ग्याल्मो श्रेष्ठले पुर्वाधार युक्त प्रहरी भवन बन्यो तर यो अन्तराष्ट्रिय नाका भएकाले विभिन्न आपराधिक क्रियाकलाय हुन सक्ने भएकाले विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले यो गाउँपालिकाले प्रहरीसंग सहकार्य गरि अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

अस्थाई प्रहरी पोष्ट धुन्चेको नवनिर्मित ११ कोठे भएको साढे दुई तल्ले भवन १ करोड ५६ लाख ८२ हजार ८७ रुपैयाँको लागतमा पक्की भवन बनेको हो । त्यसै गरि प्रहरी चौकी स्याफ्रुवेशी नवनिर्मित भवन ७ कोठाको दुई तल्लाको कुल १ करोड ५९ लाख २६ हजार आठ सय ९० रुपैयाँ १४ पैसाको लागतमा सि.एल.कन्स्ट्रक्सन एण्ड सङगीता सप्लायर्सले निर्माण सम्पन्न गरेको हो ।

उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी प्रमुख सेनानी (कर्नेलं) सर्वेन्द्र नगरकोटी अनुसन्धान अधिकृत निरञ्जन घिमिरे वडा अध्यक्ष पालिका उपाध्यक्ष कर ग्याल्मो श्रेष्ठ नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ पत्रकार बुद्धिजिवि समाजसेवी लगाएतका विभिन्न सरोकार वालाहरुको उस्थिती रहेको थियो ।