प्राचीन धर्म जगेर्ना गर्न जोड

0
Shares

काठमाडौं, (नेस)। 
गोकर्णेश्वर नगरपालिकास्थित उत्तरबाहिनी गुरुकुलमा बृहत् सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ। संस्कृतिविद् प्राडा ऋषिराम पोखरेल, डा. चिन्तामणि योगीको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका धार्मिक समितिले आयोजना गरेको कार्यक्रममा वक्ताले प्राचीन धर्म संस्कृतिको जर्गेना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ।
गोकर्णेश्वर क्षेत्र हिन्दु धर्म संस्कृतिको धरोहर भएको भन्दै वक्ताले यहाँका प्राचिन संस्कृति तथा सभ्यताको संरक्षणमा नगरवासी एक हुनुपर्ने धारणा राख्नुभयो। गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरातन संस्कृतिको जर्गेनामा प्रतिबद्धता जनाउँदै समग्र नगरपालिकालाई धार्मिक पर्यटकीय हिसाबले चिनाउने काम भइरहेको बताउनुभयो।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले धार्मिक तथा सांस्कृतिक सम्पदा नै नगरपालिकाको वास्तविक परिचय भएको बताउनुभयो।
धर्मिक समिति संयोजक दिवाकरप्रसाद भण्डारीले आफ्नो मातहतको समितिमार्फत् भइरहेका गतिविधिबारे जानकारी दिनुभयो। धार्मिक समितिका सदस्य कुलप्रसाद पुडासैनीले धर्म नै हाम्रो परिचय हो भन्दै पूर्वीय संस्कृतिको रक्षामा सबै एकाकार हुनुपर्ने बताउनुभयो।
सोही अवसरमा समाजसेवी दिपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद १ लाख १ सय ५ रुपियाँ हस्तान्तरण गर्नुभयो। भण्डारीले गुरुकुलजस्ता प्राचिन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र हाम्रो गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन सक्ने धारणा राख्नुभयो।