भारतीय दूतावासअगाडि नेविसंघको प्रदर्शन

0
Shares

काठमाडौं, (नेस) ।
सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका सयौं कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो।
लिम्पियाधुरासहितको नेपाली नक्सा र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको कालो ब्यानरमा उनीहरूले बेलुन राखेर उडाएका थिए। भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ।