मोटरसाइकल दुर्घटनामा परी मृत्यु 

0
Shares

काठमाडौं, (नेस)।
काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित सडकमा बा८९प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकलमा सवार काठमाडौं बाफल बस्ने धादिङ खानीखोला घर भएका २२ वर्षीय राजु लामाको नेसनल अस्पताल कलंकी हुँदै ट्रमा सेन्टरमा थप उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।