देउसीभैलोको रकम संस्कृति संरक्षणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ।
दोलखा कला प्रवद्र्धन समाज, काठमाडौंले तिहारमा देउसीभैलो खेलेवापत् उठेको रकम परम्परागत कला तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि खर्चिने भएको छ।
दिनदिनै मौलिक नेपाली कला र संस्कृति हराउँदै गइरहेको अवस्थामा परम्परादेखि चलिआएको संस्कृतिको जगेर्नाका लागि देउसीभैलो खेलिएको बताउँदै समाजका अध्यक्ष जितबहादुर खड्काले दानवापत् उठेको रकम संस्कृति बचाउन खर्च गरिने जानकारी दिनुभयो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दोलखा कला प्रवद्र्धन समाजको देउसीभैलो आकर्षक र पूर्ण मौलिक भएको भन्दै प्रशंसा गर्नुभएको थियो। समाजको देउसीभैलो कार्यक्रम सभ्य र मर्यादित भएको लोकगायक असिमकुमार कटुवालले बताउनुभयो।