कांग्रेस उम्मेदवार भँडेललाई मातृशोक

0
Shares

काठमाडौं, (नेस)।
यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ ‘क’ का प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका  कृष्णलाल भँडेललाई मातृशोक परेको छ।
चाँगुनारायण नगरपालिका–४ निवासी उम्मेदवार भँडेलकी आमा सेतीमायाको आइतबार विहान ८६ वर्षको उमेरमा मध्यपुर अस्पतालमा निधन भएको हो। उहाँलाई उच्च रक्तचाप भएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो। उहाँको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नेपाली कांग्रेसले घरदैलो र चुनावीसभा तीब्र पारेको बेलामा उम्मेदवार भँडेललाई मातृशोक परेको हो। कांग्रेसको हिजोको बागेश्वरीका लागि तय गरिएको चुनावसभा स्थगित गरिएको थियो भने अर्को सूचना जारी नभएसम्मका लागि कांग्रेसले घरदैलो र चुनावीसभालाई स्थगन गरेको जनाएको छ।
सभापति देउवाद्वारा दुःख व्यक्त
यसैबीच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमाया भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
सभापति देउवाले उहाँको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व. सेतीमाया भँडेलप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।