अमेरिका र दक्षिण कोरियाबीचको सैनिक अभ्यास स्थगित

0
Shares

संयुक्त राष्ट्रसंघ, (एजेन्सी)। 

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आइतवार उत्तर कोरियासँग ठप्प रहन पुगेको शान्ति प्रक्रियालाई अघि बढाउनका लागि वर्षेनी रुपमा हुँदै आएको आगामी संयुक्त सैनिक अभ्यास स्थगित गर्ने जानकारी दिएका छन्।

तर जेहोस वासिंगटनले भने यसको अर्थ प्योङयाङलाई कुनै अन्य छुट दिनु नरहेको स्पष्ट पारेको छ। ‘कम्वाइन्ड फ्लाइग ट्रेनिंग इभेन्ट’ नाम दिइएको सो नाटकीय युद्ध सिर्जना गरी हुन लागेको संयुक्त अभ्यासमा अमेरिका र दक्षिण कोरियाका अज्ञात संख्यामा लडाकू विमानहरु सरिक हुने कार्यक्रम रहेको थियो।

विगतका वर्षहरुका तुलनामा यस्तो संयुक्त अभ्यासको आकार र परिमाण निकै सानो बनाउँदै गएर पनि उत्तर कोरियाले भने यसलाई विरोध गर्दै आइरहेको छ।
प्योंगयांगले अमेरिका र दक्षिण कोरियाको यस अभ्यासलाई आफुविरुद्धको युद्धको तयारीको रुपमा लिँदै आएको छ।

अमेरिकी रक्षा मन्त्री मार्क एस्परले यस कार्यक्रमको स्थगित वावजुद पनि दुवै राष्ट्रका फौजलाई तयारी र सतर्क अवस्थामा राखिएको बताएका छन्। तर उनले यो स्थगितको सन्देश उत्तर कोरियालाई कुनै छुट दिइएको भने नभएको बताएका छन्।

यसैबीच हालै मात्र जर्मनी, फ्रान्स र बेलायतले बुधबार गत मे महिना यता उत्तर कोरियाले गरेका दर्जनौं व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपाण गरेकोमा कडा भत्सर्ना गर्दै प्योंगयांगलाई संयुक्त राज्य अमेरिकासंग आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रम समबन्धमा अर्थपूर्ण वार्तामा बस्न आव्हान गरेका छन्।

तीनवटा युरोपेली मुलुकले पानीमुनिबाट समेत गरिएको मध्यम दुरीको क्षेप्यास्त्र परिक्षण प्रक्षेपणले क्षेत्रीय सुरक्षामा खतरा पुगेको तथा सर्वसम्मतल पालना गरिएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को प्रस्तवानाको उल्लंघन भएको जनाएका छन्।

संयुक्त राष्ट्र संघका लागि जर्मनीका राजदूत क्रिस्टोफ हेउस्जेनले उत्तर कोरिया माथि आर्थिक नाकाबन्दी कार्यान्वयन गर्ने विषयलाई लिएर सुरक्षा परिषद्मा भएको गोप्य छलफल बैठकको क्रममा ब्रिफिंग गरेपछि तिनीहरुले संयुक्त विज्ञप्ति जारी गरेका थिए।

यी तीनै वटा मुलुकले उत्तर कोरियालाई व्यालेस्टिक क्षेप्यास्त्र तथा आम विनाशकारी आणविक हतियार स्थायी रुपमा त्याग्ने विषयमा अमेरिकासंग नयाँ वार्ता थालनीका लागि ठोस पाइला चाल्न आह्वान गरेका हुन्।

गत वर्र्ष भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबिचको निशस्त्रीकरण वार्ता असफल भएको थियो।
सन् २०१२ को जुलाई १२ मा पहिलोपटक किम र ट्रम्पबीच सिंगापुरमा पहिलो निशस्त्रीकरण सम्बन्धी वार्ता भएको थियो।

त्यतिबेला तिनीहरुबीच कोरियाली प्रायद्विपलाई निशस्त्र पार्ने विषयमा सहमति भएको थियो। सो ऐतिहासिक वार्ताको लगत्तै उत्तर कोरियाले आफ्नो एउटा आणविक भट्टी नष्ट गरिएको तस्वीर सार्वजनिक गरेको थियो।