रामजन्मभूमि फैसला–विवाद : मुस्लिम पक्षले फैसला पुनर्विचारका लागि याचिका दिने

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

भारतको अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले रामजन्मभूमि–बाबरी मस्जिद मामिलामा सर्वोच्च अदालतको फैसलामा पुनरावलोकन याचिका दायर गर्ने निर्णय गरेको छ।

बोर्डले एक प्रेस विज्ञप्ती जारी गर्दै आइतबार बोर्डको कार्यकारिणीको बैठकले सर्वोच्च अदालतको नोभेम्बर ९ को विस्तृत रुपमा छलफल भएको उल्लेख गरेको छ।

बैठकपछि बोर्डका सचिव जफरयाब जिलानी, बोर्डका सदस्य कासिम रसुल इलियास र अन्य सदस्यहरुसँग पत्रकारलाई सम्बोधन गरे।प्रेस वार्ताका क्रममा जफरयाब जिलानीले मुस्लिम पक्षका मिसबाहद्दिन, मौलाना महफुजुर्रहमान, मोहम्मद उमर र हाजी महबुबले पुनर्विचार याचिका दायर गर्न आफ्नो सहमति दिएको जानकारी दिए।

अर्का पक्ष इकबाल अन्सारीका बारेमा सोधिएको प्रश्नको जवाफमा जफरयाब जिलानीले इकबाल अन्सारीमाथि जिल्ला तथा प्रहरी प्रशासनले दवाव दिइरहेको बताए।जिलानी भने– ‘इकबार अन्सारीमाथि अयोध्याका प्रशासन र प्रहरीको दबाब रहेकाले पुनर्विचार याचिकाको उनले विरोध गरिरहेको छन्।

लखनउ जिला प्रशासनले हामीलाई पनि बैठक गर्न रोकेको थियो। त्यसैले अन्तिम समयमा हामीले बैठकको स्थान परिवर्तन गर्नु पर्यो। सुरुमा यो बैठक नदवा कलेजमा हुने थियो तर पछि हामीले यसलाई मुमताज कलेजमा गर्नुपर्यो।

वरिष्ठ वकिल राजिव धवनले नै बोर्डका तर्फबाट पुनर्विचार याचिका दायर गरिने जिलानीले जानकारी दिए। राजिव धवन पहिला पनि सर्वोच्च अदालतमा मुस्लिम पक्षका वकिल थिए।

तर हिन्दू महासभाका वकिल वरुण सिन्हाले मुस्लिम पर्सनल ल बोर्ड यसको पक्षकार नभएकाले उसले याचिका दायर गर्न नसक्ने बताए। यस मामिलामा सुन्नी वक्फ बोर्डले नै निर्णय लिनुपर्ने उनले बताए।