श्रीलंका राष्ट्रपतिमा गोटाभाया विजयी

0
Shares

कोलोम्बो, (एजेन्सी)।

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पूर्वरक्षा मन्त्री गोटाभाया राजपक्षे जितेका छन्। यो चुनावी जितसँगै गोटाभाया राजपक्षे श्रीलंकाको राष्ट्रपति बन्ने भएका छन्।
राजपाक्षेले ५२ दशमलव २५ प्रतिशत प्राप्त गरेको अधिकारीहरुले बताएका छन्। यसबीच उनका प्रतिद्वन्द्वी सजिव प्रेमदासाले हार स्वीकार गरेका छन्।
गत अप्रिलमा भएको ीषण कट्टरपन्थी हमलापछि देशमा यो पहिलो चुनाव हो।

गोटाभायाको यो जितलाई पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको जितको रुपमा हेरिएको छ। उनी महिन्दा राजपाक्षेका भाइ हुन्। महिन्दा राजपाक्षे देशको राष्ट्रपति रहँदा गोटाभाया रक्षा मन्त्री थिए र एलटीटीई (लिबरेसन टाइगर्स अफ तमिल इलम) विरुद्ध मोर्चा सम्हालेका थिए।

वास्तवमा महिन्दा राजपक्षे आफैं राष्ट्रपति बन्न चाहेका थिए तर त्यहाँको संविधानमा कुनै व्यक्ति अधिकतम दुई पटक मात्र राष्ट्रपति पदमा रहन पाउने प्रावधान रहेको छ।मैत्रीपाला सिरिसेना राष्ट्रपति रहँदा उनले यो प्रावधान ल्याएका थिए।

तर जब महिन्दाले एलटीटीलाई हराए त्यतिबेला उनले यो प्रावधानलाई परिवर्तन गर्दै एउटै व्यक्ति कयौं कार्यकालसम्म रहन सक्ने बनाएका थिए।सिरिसेना पुन सत्तामा आएपछि संविधानको प्रावधानमा पुन परिवर्तन गरी पुरानै व्यवस्था गरेका थिए।

यस नियमले गर्दा महिन्दा राजपक्षे तेस्रो कार्यकालका लागि चुनाव लड्न सक्दैनथे। त्यसैले उनले आफ्ना भाइलाई राष्ट्रपति पदका लागि चुनावमा उतारेको हो।
गोटाभायाले आफूलाई एलटीटीईलाई समाप्त पार्ने नेताका रुपमा प्रस्तुत गरेका थिए। यदी इस्लामिक कट्टपन्थीबाट पनि कुनै खतरा उत्पन्न भएमा त्यसलाई पनि समाप्त पार्ने बताएका थिए।

यसरी आफ्नो बलियो नेताको छवि प्रस्तुत गर्दै सिंघली समुदायको ५० प्रतिशतभन्दा धेरै मत हासिल गर्न उनी सफल भए। आफ्नो विजयका कारण तमिल र मुस्लिममा एक प्रकारको डर उत्पन्न भएको हुनसक्ने भएकोले उनले फेसबुकमा सबै मिले र अगाडि बढ्ने बताएका थिए।

गोटाभायाले आफ्नो घोषणापत्र जारी गर्दा आफूले भारत, चीनसहित सबै छिमेकीसँग राम्रो सम्बन्ध निभाउन चाहेको बताएका थिए।यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गोटाभाया राजपक्षेलाई राष्ट्रपति चुनाव जितेकोमा बधाई दिएका छन्। राजपक्षेको यो जित भारतका लागि झट्का सावित हुन सक्ने अनुमान गरिएको छ।

राजपक्षेलाई श्रीलंकाको राजनीतिमा चीन समर्थक भनेर बुझिन्छ।देशमा ठुलो लगानी गरिरहेको चीनसँग श्रीलंकाको करिब ९ अर्ब डलरको ऋण रहेको बताइन्छ। श्रीलंकाले हंबनटोटा बन्दरगाह निर्माणमा उक्त ऋण लिएका थियो।

उक्त ऋण तिर्न नसेकपछि उक्त बन्दरगाह नै चीनलाई ९९ वर्षका लागि लिजमा दिएको थियो। उक्त घटनालाई लिएर देशभित्र र भारतमा धेरै असन्तोष फैलिएको थियो। हालै मात्र चीले श्रीलंकालाई एक युद्धपोत पनि उपहारस्वरुप प्रदान गरेको थियो।